दाङ
२७ साउन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभिन्न केन्द्रीय विभागहरु विस्तार गरेका छन् । उनले पार्टीको विधान, २०१७ संशोधन सहितको धारा २५, ९९० बमोजिम यसअघि नै प्रमुख तोकिएका विभिन्न विभागहरुमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेका हुन् ।

यसैबिच नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पुर्वमन्त्री खुम बहादुर खड्काका छोरा अनुराग खड्का पनि तरुण विभागको केन्द्रिय सदस्यमा मनोनित भएका छन् । आफ्नो बाबुको मृत्यु पछि अनुराग राजनीतिमा चासो दिदै आएका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा अनुरागले स्थानीय संग प्रत्यक्ष भेटघाट पनि गर्दै आएका छन् ।

‘देशको समसामयिक राजनीतिलाई नजिकबाट नियाल्दै छु, राजनीतिमा बुवाले गर्न बाँकी रहेका कामहरुलाई मैले निरन्तरता दिने छु, अनुरागले भने ।’

प्रतिकृया

प्रतिकृया