शुसिला वली , घोराही
२६ – साउन / दाङमा ‘रतननाथ’ कि ‘कृष्णसेन’ सडक नामकरणबारे विवाद भएकोे छ । लमही–घोराही–तुलसीपुर सडकलाई ‘सहिद कृष्णसेन मार्ग’ नामकरण कायम हुनुपर्ने भन्दै अहिले विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले माग गर्दै आएका छन् ।

०६८ साल पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सडकलाई ‘सहिद कृष्णसेन मार्ग’ नामकरण गरेको भएपनि गत २१ गते भएको जिल्ला समन्वय समितिको जिल्ला सभाले यस सडकलाई ‘रतननाथ मार्ग’ नामकरण गर्न प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । जसका कारण अहिले विभिन्न निकायहरु मार्फत चौतर्फी विरोध भइरहेको छ । यसअघि सहिदहरू तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरूको नाममा नामकरण गर्ने निर्णय अनुसार दाङको लमही–घोराही–तुलसीपुर सडकलाई ‘सहिद कृष्णसेन मार्ग’ नामाकरण गर्ने निर्णय गरिएको होे ।

नेपाल पत्रकार महासंघ दाङ, नेकपा निकट अनेरास्ववियू दाङलगायतका संस्थाहरुले जिल्ला सभाको प्रस्तावको विरोध गर्दै कृष्णसेन ईच्छुक मार्गलाई यथावत राख्न अनुरोध गरेका छन । सहिदहरूको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रमा निर्वाचित जनप्रतिनिधिबाट सहिदकै नाम समेट्ने गरी ल्याएको प्रस्ताव मान्य नहुने भन्दै सेन आफूहरूको आस्था र निष्ठाको प्रतिबिम्ब भएकाले उक्त नामाकरण यथावत राख्न माग गरेका छन् । जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले भने सरकारले गरेको निर्णयलाई बुझेर मात्र सच्याउने बताएका छन् । जिल्लासभा हुनुभन्दा पहिले नै सांसद, विशिष्ट व्यक्तित्वहरूको प्रस्ताव अनुसार नै सभाले पास गरेको उनले बताए ।

आफुले हामीले सामाजिक सञ्जालबाट सच्याउनुपर्ने जानकारी पाएको भन्दै सहिद कृष्णसेनप्रति कुनै अपमान नगरिएको उनको भनाई छ । जिल्लासभा हुनुभन्दा पहिले भएको सबैको आवाजलाई आफुहरुले सुनेर मात्रै सभाले पास गरेको संयोजक नेपालीले बताए । जिल्लासभाको समयमा सबैलाई यो प्रस्तावको बारेमा जानकारी गराएर पेस गरिएको पनि उनले जानकारी गराए । त्यति बेला प्रस्ताव पेश गदैगर्दा विरोध नआएको र पास गरिसकेपछि विरोध आएको संयोजक नेपालीले बताए । सभाको प्रस्तावलाई सच्याउनै परे प्रक्रिया पु¥याएर मात्रै सच्याउने बताएका छन् ।

प्रतिकृया

प्रतिकृया