तुलसीपुर
४ भदौ/ दाङमा विषालु सर्पको टोकाइबाट एकजना बालकको मृत्यु भएको छ ।

बिहीबार विहान ३ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १३ डुम्रिगाउँ निवासी १६ बर्षीय राजन थापामगरलाई विषालु सर्पले टोक्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

उनलाई घर नजिकैको बाटोमा हिड्ने क्रममा दाँया खुुट्टामा विषालु सर्पले टोकी गम्भीर घाइते भएका थिए । गम्भीर घाईते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

उनको शवलाई परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया