रोल्पा
११ भदौ / रोल्पामा दाउरा प्रहारबाट एक जनाको हत्या भएको छ । परिवर्तन गाउँपालिका-६ बागमाराका ४० वर्षीय मन बहादुर बादीको हत्या भएको रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

हत्याको आरोपमा स्थानीय ४४ वर्षीय रामचरण बादीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए । उनले चिर्पट दाउराले हानेर मन बहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया