रुकुम
११ भदौ / रुकुम पूर्व तथा पश्चिमका केहि ठाँउहरुमा बुधबार दिउसो ३ बजेतिर आएको हावा-हुरीले मकै बालीमा ठुलो मात्रामा क्षेति गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाको ७ र ८ मा वर्षात सकिनै लाग्दा आएको हावा-हुरीले मकै बालीमा क्षेति पुर्‍याएको हो ।

७ नम्वर वडाको कानेवाङ, गैरीगाउँ, गोठीचौर, नाथिगाड र वडा नम्वर ८ को लम्पाकोट स्यालापाँखा लगाएतका ठाउँहरुका बुधबार साढे ३ बजेतिर आएको हावा हुरीले क्षेति गरेको वडा नम्वर ७ का वडा अध्यक्ष अमृते वुढाथोकिले जानकारी दिए ।

“एउटा बोट पनि ठाडो छैन पाक्नै लागेको मकै बालीमा हावाहुरीले ठुलो क्षेति गरेको छ उनले भने ।” “सलहबाट जोगाएको मकै अहिलेको हावा-हुरीले फालिदियो उनले थपे ।” त्यहाँका कृषकहरुलाई ६ महिना वर्ष दिन खान पुग्ने उक्त अन्न बालीमा अहिलेको हावा-हुरीले सखाप परेपछि भोकमरीले सताउने होकि भनेर त्यहाँका कृषकहरु चिन्तित बनेका छन् ।

यस्तै रुकुम पश्चिमका विभिन्न ठाउँमा पनि हावा-हुरीले मकै बालीमा क्षेति पुर्‍याएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–११ को भलाक्चा, खर्चिवाङ लगाएतका ठाउँहरुमा हावाहुरीले मकै बालीमा नोक्सानी पुर्‍याएको स्थानीय डिल्ली रमन खड्काले बताए ।

रुकुम पश्चिमकै त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँहरुमा पनि हावा-हुरीले उत्तिकै क्षेति पुर्‍याएको छ ।

प्रतिकृया

प्रतिकृया