सल्यान,
२१ भदौ/ सल्यानको कपुरकोटमा समुदायस्तरबाट संकलन गरिएको एक सय १५ वटा स्वाब परीक्षण गर्दा सबै नेगेटिभ आएको छ । एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछी कपुरकोट गाउँपालिकाले बजार क्षेत्र सिल गरेर समुदाय स्तरमा पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेको थियो ।

संकलित एक सय १५ स्वाबको नमुना नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टी नभएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । भेरी अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा कपुरकोटको ११५ वटा सहित ३१३ जनाको स्वाब परीक्षण गरिएको थियो ।

अस्पतालले सोमबार दिउँसो जारि गरेको सूुचनामा नेपालगञ्ज स्थित प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८० जनामा संक्रमण पुष्टी भएको छ । पुष्टि हुने मध्ये ३७ जना बाँकेका रहेका छन् । यस्तै बर्दियाका ३९ जना छन् भने बाजुरा, प्युठान काठमाडौं र झापाका एक एक जना रहेका छन् । कपुरकोटका कुनै पनि ब्यक्तिमा संक्रमण देखिएको छैन । हास सम्म कपुरकोटमा ६२८ जनाको कोरोना परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

जसमा ४८८ जनाको पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ । यस्तै १४० जनाको आरडीटि गरिएको कोभिड–१९ कपुरकोटका फोकल पर्सन देवेन्द्र कुमार सेनले जनाए । उनका अनुसार ४८८ जनाको पिसिआर रिपोर्ट अनुसार ५ जनामा कोरोना पुष्ष्टी भएको छ भने आरडीटी रिपोर्ट सबै नेगेटीभि आएको छ ।

यसैविच यहि भदौ १८ गते राती देखी सिल भएको कपुरकोट क्षेत्रका नागरिकहरुमा गरिएको पिसिआर परीक्षणमा कसैलाई पनि संक्रमण नदेखिएपछी अव कसरि अगाडी बढ्ने भन्ने विषयमा कपुरकोट गाउँकार्यपालिकाको बैठक सोमबार विहान बस्दै छ । कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा अव कसरि अगाडी बढ्ने भन्ने विषयमा सोमबारको कार्यपालिकाबाट आवश्यक निर्णय लिइने गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया