भागवत पौडेल
चिनको वुहान प्रान्तमा सन २०१९ को डिसेम्वरमा देखा परेको कोभिड–१९, माहामारी रोगले हालसम्म विश्वका २१५ देशका करिव २.७५ करोड भन्दा बढि मानिस संक्रमित भैसकेका छन भने करिव ८.९७ लाखभन्दा बढि मानिसहरुको मृत्यु भैसकेको छ। यो रोग कसरी उत्पन्न भयो र मानिसको शरिरमा कसरी आइपुग्यो भन्ने एकिन हुन सकेको छैन ।

तर पनि सर्प, चमेरो या कुनै सामुन्द्रिक जिववाट फैलिएको अनुमान वैज्ञानिकहरुले गरीरहेका छन् । यो रोगको नियन्त्रणको लागी विश्वका वैज्ञानिकहरु भ्याक्सिन वनाउन तल्लीन छन तर हाल सम्म यसको कुनै उपचार पत्ताा लागेको छैन । संक्रमण दिनप्रतिदिन तिव्र रुपमा फैलिरहेको छ । यो रोगबाट विश्वका विकसित राष्ट्रहरु बढि प्रभावित भएका छन । महाशक्ति राष्ट्र अमेरिकामा सबैभन्दा बढि संक्रमण फैलिएको छ ।

युरोपियन, अमेरिकन मुलुकहरु इटली, वेलायत, व्राजिलजस्ता विकसित एवं सुविधा सम्पन्न राष्ट्रहरुमा यो रोगबाट मृतुदर तुलनात्मक रुपमा अन्य अल्प विकसित राष्ट्रहरुको तुलनामा ज्यादा छ । वरल्डो मिटरका अनुसार वेलायतको मृतु दर १२ प्रतिशत छ भने इटलीको मृतुदर १२.८५ प्रतिशत छ । यो महामारी संक्रमाणको नियन्त्रणको दृष्टिले हेर्दा सबैभन्दा असफल र कमजोर राष्ट्रहरुमा अमेरिका ,भारत र व्राजिल देखिएका छन् ।

केहि सानो आकारको जनसंख्या भएका राष्ट्रहरुका अतिरिक्त नाइजर, भियतनाम, थाइल्यान्ड, द कोरिया, चिन, पाकिस्तानजस्ता धैर जनसंख्या भएका राष्ट्रहरु समेत संक्रमण फैलिन रोक्न केहि सफल देखिएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा यो रोग लागेका मध्ये ८० प्रतिशत मानिसलाई कुनै लक्षण देखिएको छैन । १५ प्रतिशत मानिसलाई सामान्य रुघाखोकीको लक्षण देखिएको छ ।

५ प्रतिशत मानिसहरुलाई गम्भिर समस्या देखिएको र ३.३ प्रतिशतको मृतु भएको छ । मृतु भएका मध्ये ९५ प्रतिशत अन्य कुनै रोगहरुबाट दिर्घ रोगी समेत भएकाको मृतु भएको तथ्य देखिन्छ । यो रोगको कारण लामो समयदेखि विश्वका अधिकांश देशमा पूर्ण वा अांशिक रुपमा भएको बन्दाबन्दिले विश्वको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको छ । मानिसहरुको आवतजावत, उद्योग व्यापार, उत्पादन, शिक्षा, रोजगारी, स्वास्थ्य सबैक्षेत्र अस्तव्यस्त भएको छ ।

यो एउटा शुक्ष्म जिवाणुबाट उत्पन्न रोगले २१ औं शताव्दीका मानिसहरुलाई आंकित बनाएको छ । आशा गरौं यो रोग माथि मानिसहरुले चाडै विजय प्राप्त गर्ने छन्, तर यस कोभिड–१९ महामारी रोगले आजको युगका मानिसहरुलाई केहि महत्वपूर्ण संदेश वा शिक्षा दिएको छ । अर्थात यसबाट मानिसहरुले गम्भिर रुपमा शिक्षा लिनु जरुरी छ । त्यस प्रकारका संदेशहरु वा शिक्षाकाबारे यहाँ केहि चर्चा गर्ने कोशिस गरीएको छ ।

१. शक्तिको उन्माद गर्नु ह“ुदैन भन्ने सन्देश :
दोस्रो विश्व युद्ध पश्चात संसारमा अमेरिका र रुस महाशक्ति राष्ट्रको रुपमा उदय भए । युरोपियन मुलुकहरुलाई हतियार निर्यात गरेर अमेरिका र युद्धमा कम क्षति भएका कारण रुस शक्तिशालि हुन पुग्यो । त्यसको अतिरिक्त अमेरिकाले नाटो गठवन्धन र रुसले वार्सा गठवन्धन बनाएर सामरिक हिसावले यी राष्ट्र अझ शक्ति सम्पन्न हुन पुगेँ । अमेरिका, रुसलगायत युरोपियन मुलुकका केहि देशहरु सामरिक हिसावले मात्र नभइ आर्थिक रुपमा पनि चरम विकसित हुन पुगेँ । खास गरी अमेरिका र रुसले आर्थिक र सामरिक शक्तिको आडमा विश्वका शक्तिहिन देशहरुमा आफ्नो हैकम लाद्ीरहेका छन् ।

आफ्नो स्वार्थको प्रतिकुल हँुदा वा प्राकृतिक श्रोत कब्जा गर्ने उद्देश्यले अमेरिकाले कुनै पनि समयमा कुनै पनि राष्ट्रमा मनलाग्दो आक्रमण गर्ने, सरकारलाई सत्ताच्युत गर्ने, अर्को मुलुकको सार्वभौम सत्तामाथि धावा बोल्ने, जसलाई चाह्यो उस्को हत्या गरिदिने एउटा उन्माद, उन्मत्त साँडे जस्तो भुमिका गरिरहेको छ । खास गरी दक्षिण पूर्वी एसिया र अरवियन मुलुकहरु, सिरियाजस्ता विभिन्न देशहरुमा अमेरिकाद्वारा तेलको स्वार्थले विना कारण आक्रमण गरी हजारौं निर्दोशस मानिसहरुको हत्या गरियो । अमेरिकाको शासकहरुलाई आफु विश्वमा सर्वशक्तिमान रहेको, आफूलाई परास्थ गर्ने संसारमा कोहि पनि नभएको भन्ने घमन्ड, अहंकार, मात थियो र यस्तो मात भारतलगायतका अन्य केहि रास्ट्रहरुमा क्षेत्रिय रुपमा देखा पर्न थालेका छन् । तर यस्ता उन्माद राष्ट्र आज एउटा शुक्ष्म जिवाणु कोरोना भाइरस अगाडी नतमस्क एवम लाचार भएका छन् ।

ति देशहरुको आणविक शक्ति, धन, जनशक्ति सबै निकम्मा भएका छन् । शुक्ष्म भुशुनाले ति महाशक्ति राष्ट्रलाई पराजित गरेको छ । लाखौं मानिसहरुको हत्या भैरहदा ति देशका शासकहरु टुलुटुलु हेर्न बाध्य छन् । आज अमेरिका संसारमा सबैभन्दा बढि संक्रमित र वढि मृत्यु हुने देशमा पर्छ । यो रोगको सवालमा अमेरिका भारत व्राजिल सबैभन्दा कमजोर राष्ट्र सिद्ध भएका छन् । बरु पाकिस्तान, चीन, भियत्नाम, नाइजर, थाइलैन्ड, म्यानमार, दक्षिण कोरियालगायत अन्य कम विकसित राष्ट्रहरु समेत संक्रमण फैलिन नदिन र मृतुदर कम गर्न सफल भएका छन् । यसबाट महाशक्ति राष्ट्रहरुका शासकहरुले वुझ्नु पर्ने कुरा के छ भने संसारमा अल्टिमेट शक्तिशाली कोहि छैन । समय, परिस्थति, सधै सबैको अनुकुल हँुदैन । घमन्ड, मात, अहंकारले ढिलोचाँडो पतन निश्चित छ ।

२) प्रकृतीको नियम उल्लंघन गर्न हु“दैन भन्ने सन्देश:
मानिस एउटा प्रकृतिको उपज वा अंस हो । मानिस प्रकृतीमा जन्मन्छ, प्रकृतीका श्रोत साधनको उपयोगवाट हुर्कन्छ, अन्तमा प्रकृतीमा नै विलिन हुन्छ । प्रकृतीको आफ्नै नियम र गतिशिलता छ । प्रकृतीका सवै जिव र वनस्पती एक निश्चित नियम अन्तर्गत एक अर्कामा निर्भर छन् । एकको जिवनको लागी अर्कोको असतित्व अपरिहार्य छ । प्रकृतीले मानिस लगायत सवै जिव वनस्पतीलाई आहाराको प्रबन्ध गरिदिएको छ । मानिसले कुन जिव वनस्पति खान हुने के नहुने सबै देश काल परिस्थती अनुसार प्रकृतीले तय गरिदिएको छ । यदि प्रकृती व्यवस्थाको प्रतिकुल वा प्राकृतीक नियमको विपरित कोहि चल्न थाल्यो भने प्रकृतीले प्राकृतिक सन्तुलन कायम गर्न विभिन्न रुपमा त्यस माथी नियन्त्रण थर्न थाल्दछ । मानिसले आफ्ने हितमा प्रकृती का उपजहरुको उपयोग गरिरहेको हुन्छ ।

वनजंगल वनस्पतीको व्यापक उपयोगले वन विनास हँुदा पृथ्विको तापक्रममा वृद्धि भएर विभिन्न वातावरणीय एवं अन्य मानविय संकटहरु देखिन थालेका छन । यस्तै प्रकृतीका (पृथ्वी, जल) जिव जन्तुहरुको अस्तित्व नै संकटमा पर्ने गरी जिवजन्तुहरु खाने, निर्मम हत्या गर्ने कृयाकलाप ज्यादै बढ्दै गइरहेको छ । चीन, ताइवान, मंगोलियाजस्ता देशहरुमा प्रकृती (पृथ्वी समुन्द्र) मा पाइने सबै जिवहरु सर्प,चमेरो भ्यागुता समेत, खाने गरेको, ति जिवहरुको बासस्थानमा असर पु¥याउने जस्ता प्राकृतिक नियमको उल्लंघन एवं प्राकृतिक गतीशिलताको सिमा तोड्ने काम मानिसबाट हुन थालेको हुँदा आज कोभिड–१९ जस्ता रोग मानिससम्म आइपुग्न थाले । माल्थसले आफ्नो जनसंख्या सिद्धान्तमा पनि यहि संदेश दिन खोजेका छन् की प्रकृतीले नै सबै कुराको नियन्त्रण गर्दछ ।

३) पूर्वीय दर्शन अनुसारको सनातन हिन्दु संस्कार वैज्ञानिक भएको संदेश :
जिवन र जगतलाई हेर्ने दृष्टिकोण दर्शण हो । मानिसको धर्म संस्कृति संस्कार दर्शनबाट निर्देसित हुन्छ । पूर्वीय दर्शनबाट निर्देशित सनातन हिन्दु धर्मका धर्मग्रन्थहरु वेद गीता जस्ता ग्रन्थमा उल्लेखित विभिन्न कुराहरु आज अक्सफोर्ड जस्ता विश्व विद्यालयमा वैज्ञानिक परिक्षण भैरहेका छन् । जसरी जीवन जगत र व्रहमान्डका बारेमा ति ग्रन्थमा हजारौं वर्ष पहिले लेखिएका कुराहरु ति सबै कुराहरु सत्य सावित भैरहेका छन्, वैज्ञानिक रुपमा प्रमाणित भैरहेका छन् ।

त्यसरी नै सनातन हिन्दु संस्कारहरु नमस्कार गर्ने, कसैसंग नछोइने, वासी खाना नखाने, होटलमा नखाने, सामान्यतया अरुले छोएको नखाने, व्रत बस्नेलगायतका संस्कारहरु स्वस्थ्य सुरक्षाको निमित्त वैज्ञानिक रहेको तथ्य प्रमाणित भयो । जुन संस्कार आज कोभिड १९ रोग संक्रमण फैलिएपछि विश्व व्यापी रुपमा अनुसरण गर्न थालिएको छ । कोभिड रोगबाट जोगिन अप्नाउनु पर्ने सबै कृयाकलाप हिन्दुधर्म भित्र संस्कारको रुपमा रहेको देखियो ।

त्यस कारण ति हिन्दुधर्म ग्रन्थहरुमा उल्लेखित कुराहरु र संस्कारहरुको खोज अनुसन्धान र वैज्ञानिक परिक्षण गरिनु पर्ने खाँचो अझ टट्कारो देखिन्छ । हिन्दु सनातन धर्मका संस्कारहरु वैज्ञानिक र मानव हितमा रहेछन भन्ने सन्देश कोभिड–१९ रोग पश्चात मानिसहरुले लिनु पर्ने देखिन्छ ।

४) शिक्षाको पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने सन्देश:
वास्तवमा शिक्षा जिवन जिउने कला, शिप, ज्ञान र व्यवहारहरुको आर्जन हो । शिक्षा जिवन उपयोगी हुनुपर्दछ । शिक्षाले मानिसको जीवनमा आइपर्ने अनेक समस्या, चुनौति, घट्ना, व्यवधानहरुलाई समाधान गर्ने कला सिप र क्षमता प्रदान गर्नुपर्दछ । त्यसकारण अब विद्यालय तहदेखि उच्च शिक्षासम्म अनौपचारिक शिक्षामा समेत समय समयमा आउने संक्रामक महामारी रोगहरुवारे जानकारी, त्यस्ता रोगहरुबाट जोगिने उपाय, प्रकृतिक प्रकोप, मानविय संकट, आन्तरिक तथा वाह्यि युद्ध, सकमाजिक धार्मिक द्वन्दको समयमा कसरी सुरक्षीत रहने, कसरी विजय प्राप्त गर्ने, पूर्व तयारी के–के हुन सक्छ, सामाजिक उत्तर दायित्व कस्को के रहने र कसरी उत्तरदायीत्व वहन गर्ने आदि विषय वस्तु शिक्षाको पाठ्यक्रममा समावेस एवं परिमार्जन गरिनु पर्दछ । जसबाट जनताले शिक्षाको माध्यमबाट यस्ता समस्यामा सहजै समाधान गर्न सक्ने कला शिप र ज्ञान प्राप्त गर्न सकुन् ।

५) शिक्षणमा प्रविधिको प्रयोगको सन्देश:
शिक्षाको विषयवस्तु देश, काल, समय र परिस्थिती अनुसार परिवर्तनशिल हुन्छ । शिक्षण पद्धति र विधि पनि समय सापेक्ष परिवर्तनशिल हुनुपर्छ । जापान अमेरिकालगायत विश्वका विकसित मुलुकले भर्चुवल माध्यमबाट शिक्षण कार्य धेरै पहिलेदेखि नै शुरु गरी सकेका थिए ।

नेपालको शिक्षण पद्दति समय सापेक्ष परिवर्तन नभइ परम्परागत शैलिमा नै संचालन भैरहेको हँुदा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगको कारण भएको बन्दाबन्दिका कारण झण्डै एक शैक्षिक सत्र गुम्ने, ठूलो शैक्षिक क्षति हुने अवस्था भएको र सामान्य अवस्था आउन अझै अन्योल भएकाले अब शिक्षणमा वैकल्पीक विधिको प्रयोग गरेर शिक्षण गरी पठन–पाठन अगाडी बढाउनु पर्ने नितान्त आवश्यक देखियो । वैकल्पीक शिक्षण अन्तर्गत विभिन्न प्रविधीहरुको उपयोग गरेर शिक्षण गर्न सकिन्छ ।

उदाहरणको लागि रडियो, टेलिभिजन, कम्प्युटर, मोबाइलको माध्यमबाट, इन्टरनेट अनलाइन विधिबाट शिक्षण गर्न सकिन्छ । शिक्षण मात्र नभइ शिक्षकहरुलाई तालिम र विभिन्न वैठक गोष्ठि समेत भर्चुवल माध्यमबाट गर्न सकिन्छ । यसरी वैकल्पिक विधिबाट शिक्षण गर्न अथवा शिक्षणमा प्रविधिको उपयोग गर्न सर्वप्रथम विद्यालय प्रविधिको हिसाबले व्यवस्थित एवम सुविधा सम्मपन्न हुनुपर्छ ।

त्यसपछि प्रविधिको व्यवस्थित तरिकाले सन्चालन गर्न सक्ने दक्ष जनशक्तिको व्यवस्था, जनशक्तिलाई तालिमको व्यवस्था हुनुपर्छ । साथै विद्यार्थीहरुसंग पनि भर्चुवल शिक्षणको लागि आवस्यक पर्ने सिप, साधनको व्यवस्था हुनुपर्दछ । यसको साथसाथै परिस्थति जन्य आवश्यक्ता र आजको विज्ञान र प्रविधिको विकाससंगै शिक्षा शिक्षणमा प्रविधिको प्रयोग समयको माग पनि भएको र परम्परागत शिक्षा, शिक्षण पद्दति उपलब्धीमुलक नदेखिएकाले शिक्षा, शिक्षणमा विज्ञान र प्रविधिको उपयोग गर्नुपर्ने जसको लागि शिक्षाका उद्देश्य, पाठ्क्रम, पाठ्यसामग्री सबै समय सापेक्ष परिवर्तन गर्नुपर्ने सन्देश यो कोभिड रोगले दिएको छ ।

६) स्वस्थ र सरसफाई सम्वन्धि संदेश :
मानिसको शरिरमा धेरै प्रकारका फाइदा गर्ने र हानि गर्ने जिवाणुहरु हुन्छन् । त्यस्तै वातावरणमा पनि त्यस्ता धेरै विषाणुहरु हुन्छन् । त्यस्ता हानिकारक जिवाणुहरु र शरिरमा उत्पन्न हुने खराब कोषहरुलाई मारेर शरिरलाइ रोग लाग्नबाट जोगाउने काम शरिरको प्रतिरक्षा प्रणालीले गर्दछ । हाल महामारीको रुपमा फैलिएको कोभिड–१९लगायत मानिसलाई लाग्ने कैयौं रोगहरुको हालसम्म पनि औषधी पत्ता लागेको छैन । शरिरको प्रतिक्षा प्रणाली सवल बनाउनु नै यस प्रकारका रोहरुबाट जोगिने एक मात्र विकल्प हुन्छ । कोभिड–१९ रोगको संक्रमण र यसबाट मानिसको मृत्युको तथ्यांकलाई केलाउँदा जुन देश विकसित छ, भौतिक सुख सुविधा सम्मन्न छ । मानिसहरु सबै काम मेसिन र उपकरणबाट गर्दछन् ।

ति देशमा मृतुदर र संक्रमणदर वढि छ । जुन देश गरिव छ, भौतिक सुख सुविधा छैन । मानिस जिउनको लागि प्रकृतिका तत्वहरु घाम, पानि, हावा, माटोसंग संघर्ष गर्दछन् । प्रकृतीसंगै कृयाशिल हून्छन ति देसमा संक्रमण र मृतुदर कम छ । त्यसकारण स्वस्थ जिवनको लागि शरिरको प्रतिक्षा प्रणाली सवल बनाउनु सबैभन्दा उत्तम विकल्प हो र शरिरको प्रतिरक्षा सवल वनाउन प्रकृतिसंग नजिक हुनुपर्ने सन्देश दिएको छ ।

यसको अतिरिक्त कोभिड १९ रोग हावाको माध्यमबाट पनि सर्ने र एकअर्का मानिसमा सर्ने गति अत्यन्त तीव्र भएका कारण यो र यस्ता अनेक सरुवा रोगहरु मानिसलाई लाग्न सक्ने हुदा मानिसले यस पूर्वको स्वास्थ्य सम्वन्धि धारणा, आनिबानीमा धेरै ठूलो परिवर्तनको संदेश दिएको छ । मानिसहरु एकअर्कामा सामाजिक दुरी कायम गर्नुपर्ने, सावुनले नियमित हात धुनु पर्ने, सरसफाइ तथा स्वास्थ्य सम्बन्धि विविध कुराहरुमा सचेत हुनु पर्ने जस्ता संदेश मानिसहरुलाई यस कोभिड–१९ महामारी रोगले दिएको छ ।
श्रोत ः १) वोरल्डो मिटर (२०७७।०५।२३)
२) विश्व स्वास्थ्य संगठनको तथ्यांक
(लेखक मावि सेन्टर तुलसीपुरका प्रधानाध्यापक हुन् ।)

प्रतिकृया

प्रतिकृया