घोराही
२७ भदौ/ ३ वर्षको अवधिमा घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा ६ सय १६ वटा मुद्धा दर्ता भएका छन । जसमा ३ सय ८९ वटा फस्र्योट भएको घोराही उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सीता सिग्देल न्यौपानेले जानकारी दिईन् ।

उहाँका अनुसार मुद्धामध्ये २ सय २७ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेका छन । आर्थिक वर्ष २०७६/०७७ मा १ सय ५४ मुद्दा दर्ता भएका छन । जसमा ७९ वटा फस्र्योट र ७५ वटा फस्र्योट हुन बाँकी रहेको समितिले जनाएको छ ।

यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा एक सय २६ वटा मुद्दा फस्र्योट हुन बाँकी रहेकोमा आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ७ वटा फस्र्योट भएको र अब १९ वटा मुद्दा प्रक्रियामै संयोजक न्यौपानले जानकारी दिइन् ।

फस्र्योट हुन बाँकी रहेको मुद्दामध्ये जग्गा रोक्का, गाली बेइज्जती, जग्गा विवाद सम्बन्धी रहेका छन । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २ सय ६ वटा मुद्धा दर्ता भएको ८० वटा फस्र्योट भएको र एक सय २६ वटा मुद्दा प्रक्रियामै रहेको न्यायिक समितिले जनाएको छ ।

जसमा आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न प्रकृतिका २ सय ५६ वटा मुद्धा दर्ता भएको न्यायिक समितिले जनाएको छ । जसमा एक सय ५ वटा फस्र्योट भएको छ भने एक सय ५१ वटा फस्र्योट हुन बाँकी रहेको जनाईएको छ ।

प्रतिकृया

प्रतिकृया