दिप्तीशिखा चौधरी,दंगीशरण, ३० भदौ/ दंगीशरण गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले लैंङ्गिक समानता तथा सामाजिक समावेशिकरणमा समानता ल्याउनका लागि निती तथा कार्यक्रमको आवश्यक रहेको बताउानु भएको छ ।

यस कार्यक्रमका लागि वजेटको आवशयक परेको भन्दै गाउँपालिकाले ६० लाख वजेट छुट्याएको बताए । मंगलबार गाउँपालिकामा लैंङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि दुई दिने तालिम समापन कार्यक्रममा उपाध्यक्ष खड्काले यस्तो बताए ।
उनले एकद्ध्वार प्रणाली मार्फत अगाडि बढ्नुपर्ने बताउँदै लैङ्गिक असमानतालाई मुलधारमा ल्याउँन साझेदारी कार्यक्रम मार्फत अगाडि बढ्नुपर्ने बताए ।

युएसआईडि साझेदारी सङ्गीयता सहयोग कार्यक्रम अन्र्तगत आज गाउँपालिकामा सम्पन्न तालीममा लिङ्ग,लैङ्गिक समता र समानताको अवधारणा,सामाजिक बहिष्कार तथा सामाजिक समावेशिकरणको अवधारणा, सामाजिक समावेशिकरण मस्यौदा २०७६ , लैङ्गिक उत्तरदायी र समावेशी योजना तथा बजेट तर्जुमा र समस्याहरु विश्लेषण गर्ने विधि, लैङ्गिक उत्तरदायी र समावेशी योजना तथा बजेट तर्जुमा विधि र परियोजना छनौट तथा प्राथमिकिकरण विधि, सहभागितात्मक कार्यान्वयन निरिक्षण र परिक्षण विधिहरु लगाएतका विषयमा छलफल भएको थियो ।

तालीममा सहभागिहरु कोभिड १९ का कारण जुम प्रणाली बाट तालीममा सहभागिता जनाएको साझेदारी संघियता सहयोग कार्यक्रम दंगीशरण गाउापालिका संयोजक माया चौधरीले जानकारी दिए ।

कार्यक्रमको सहजीकरण सहजकर्ता निग्मा ताम्राकारले गर्नुभएको थियो । कार्यक्रमको उद्घोषण साझेदारी सहयोग कार्यक्रमका पुरुषेत्तम अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको उद्धेश्य डिपुटि चिफ अफ पाटिका राकेश कर्णले प्रकाश पारेका थिए । तालीममा सहभागिहरुले लैङ्गिक समानता तथा सामाजिक समावेशिकण बारेमा कार्ययोजना तयार पारेका थिए ।

प्रतिकृया

प्रतिकृया