दाङ, ३० भदौ/ यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने भएको छ । कोभिड–१९ का कारण बैशाखमा पठनपाठन सुरु हुन नसकेपनि शैक्षिकसत्रको अन्त्य चैत मसान्तमै हुने शिक्षा मन्त्रालयका अधिकारीले बताएका छन् ।

शिक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले कानुनी व्यवस्था अनुसार नै विद्यालयको शैक्षिकसत्र चैत मसान्तमा सकिने बताएका हुन् ।

महानिर्देशक दाहालले भने,‘शैक्षिक सत्र बैशाखदेखि सुरु भएको र चैत मसान्तमा सकिन्छ । कानुनी व्यवस्था अनुसार चैत मसान्तसम्म पठनपाठन सक्ने गरी पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ल्याइएको हो ।’

शिक्षा मन्त्रालयमा पाठ्यबस्तु समायोजन ढाँचा समेत मंगलवार सार्वजनिक भएको छ । कोभिड–१९ का कारण गत चैतदेखि शैक्षिकसंस्था बन्द भएका थिए ।

कोेभिडका कारण असरुद्ध भएको नियमित पठनपाठन सुचारु गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले गत १८ जेठमा ‘बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, ०७७’ जारी गरेको थियो ।

त्यसका आधामा १ असारदेखि बैकल्पिक कार्यक्रम सञ्चालन भएको थियो । १९ भदौमा अर्को ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका, २०७७’ स्वीकृत गरेको छ । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाले दूर तथा खुला शिक्षालाई औपचारिक मान्यता दिएको छ ।

केन्द्रका महानिर्देसक दाहालले पाठ्यवस्तु समायोजन ढाँचा ल्याएर पाठ्क्रममा उल्लेख भएको विषयबस्तु नघटाएको तर कति विषयबस्तु अभिभावकको सहयोगमा विद्यार्थी आफैले अध्ययन गर्न सक्छन, कति विषयवस्तुमा शिक्षकको सहयोग चाहिन्छ भन्ने छुट्याइएको गरेको बताए । कतिपय बालबालिकाको दूर तथा खुला शिक्षामा समेत पहुँच छैन ।

प्रतिकृया

प्रतिकृया