३-असोज / विश्व चर्चित फ्रेन्चाईज लिग क्रिकेट आईपीएल आजदेखि शुरु हुँदै छ । गत मार्च २९ देखि हुनुपर्ने प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश देश जस्तै भारतमा पनि लकडाउन भएपछि प्रतियोगिता स्थगित भएको थियो ।


                                                                                 ADVERTISEMENT



स्थगित भएको प्रतियोगिता शनिबारदेखि युएईमा हुँदै छ । यो प्रतियोगिता पनि अन्य क्रिकेट प्रतियोगिता जस्तै बन्द रंगशालामा हुने छ । पहिलो दिन उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स आमने सामने हुने छ ।

मुम्बई रोहित शर्माको कप्तानीमा छ भने चेन्नाई महेन्द्र सिंह धोनीको कप्तानीमा छ । मुम्बईको टिमबाट अन्तिम समयमा लासिथ मालिंगा बाहिरिए पछि केही दवावमा छ भने चेन्नाईको टिममा पनि त्यस्तै समस्या छ ।

चेन्नाईका उपकप्तान समेत रहेका सुरेश रैना र स्पिन बलर हरभजन सिंह टिमबाट बाहिरिएका थिए । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि शुरुहुने छ ।

प्रतिकृया

प्रतिकृया