दाङं,
३-असोज /  दाङको घोराही स्थित मितेरी अस्पतालले विशेषज्ञ सेवा थप गर्ने भएको छ । बिगत पाँचवर्ष देखि दाङ घोराहीको नवलपुरमा संचालित मितेरी अस्पताल नयाँ व्यावस्थापनका साथ संचालन हुने संचालकहरुले बताएका छन् ।


                                                                                 ADVERTISEMENT

 


दाङ जिल्ला मात्र नभएर साविक राप्तीका बासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्ने उद्देश्यले दाङ घोराही १८ नवलपुर पुलचोकमा संचालित मितेरी अस्पतालमा यसै बर्ष देखि थप विभिन्न विशेष सेवाहरु शुरु भएको छ । यस आसपासका बिरामीहरुलाई विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्य रहेको अस्पतालले थप नयाँ योजना लिएर आगामी बर्षहरुमा थप विशेषज्ञ सेवाहरु प्रदान गर्ने अस्पतालका संचालक महाबिर जिसीले बताए ।

संचालक जिसीका अनुसार अब देखि अस्पतालमा नाक, कान घाँटीको विशेषज्ञ सेवा शुरु गरिएको छ । नाक, कान, घाँटीको सरल तथा जटिल समस्याको निदान गर्ने उद्देश्य रहेको अस्पतालमा अब नाक, कान, घाँटीको अत्याधुनिक दूरविन विधिबाट जटिल अप्रेसन समेत हुने छ । यस अघि अस्पतालमा हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ उपचार समेत भइरहेको छ । हड्डीको विशेषज्ञ सेवा अन्तर्गत सरल तथा जटिल अप्रेसन हुँदै आइरहेको संचालक जिसीको भनाइ थियो ।

निजी क्षेत्रबाट गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न लक्ष्य रहेको अस्पतालमा आगामी समय प्रसुति तथा महिला रोग विशेष सेवा समेत प्रदान गरिन्छ । त्यसैगरी बाल रोग विशेष सेवा तथा फिजियोथेरापी सेवा समेत प्रदान भइरहेको संचालक जिसीले बताए । प्रसुति महिलाहरुका लागि अप्रेसन तथा नर्मल डेलिभरी सेवा समेत प्रदान भइरहेको छ । अस्पतालनमा सुविधासम्पन्न ल्याव रहेको छ । भिडियो एक्सरे र सादा एक्सरे समेत प्रदान गरिन्छ । त्यसैगरी इसिजि र यूएसजी सेवाको समेत प्रवन्ध रहेको छ ।

अस्पतालको आफ्नै एसी जडित सुविधासम्पन्न एम्बुलेन्स समेत रहेको छ । हात खुट्टा भाँचिएको, प्लास्टर गर्नुपर्ने, शरीर झमझमाउने दुख्ने, यूरिक एसीड, हड्डी खिइएको, ढाड कम्मर दुख्ने समस्याको चेकजाँच तथ अप्रेसन सेवा उपलब्ध रहेको अर्का संचालक माधब भण्डारीले बताए ।

प्रसुति सेवा अन्तर्गत महिलाहरुको तल्लो पेट दुख्ने, ढाड दुख्ने, सुरक्षित गर्भपतन, पाठेघरमा मासु पलाएको, पाठेघरको क्यान्सर, महिलाहरुको पिसाव सम्बन्धी समस्या लगायत अन्य विभिन्न सेवाहरुको उपचार गराइने उहाँले जानकारी दिए । नाक, कान, घाँटी अन्तर्गत एलर्जीको पहिचान तथा उपचार, नाकमा मासु पलाएको, पिनास, लामो समयसम्म कान दुख्ने, गर्धन तथा थाइराइड, घाँटीको इन्डोस्कोपी लगायतका समस्याहरुको चेकजाँच र उपचार भइरहेको छ ।

प्रतिकृया

प्रतिकृया