मिना खड्का, सल्यान
५-असोज / दार्मा गाउँपालिका वडा नम्बर ५ का युवाहरुले वडा अध्यक्ष समक्ष ज्ञापनपत्र बुझाएका छन् । स्थानीय युवा व्यवसायी चन्द्रबहादुर खड्काको अध्यक्षतामा गठन भएको सल्यानको दार्मा गाउपालिका वडा नम्बर ५ को विकास संघर्ष समितिले वडामा विभिन्न मागहरु गर्दै ज्ञापन पत्र बुझाएको हो ।


                                                                                 ADVERTISEMENT



विकास निर्माणका कामहरु गर्दा समेत राजनितिक विभेद भएको भन्दै कुनै पनि ठाउँमा हुने विकासमा अन्याय र असमानता हुन नदिनकै लागि आँफुहरु संगठित भएको युवा चन्द्रबहादुर खड्काले बताए ।

साथै चन्द्र बहादुर खड्काको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा वडा कार्यालयले जग्गाको माग राखी कोटेशन खोलेको र त्यसमा आफूहरुले नौं लाखको जग्गा किनेर उपलब्ध गराउँदा समेत वडाले त्यस सम्बन्धी निणर्य नै नगरेर वर्षौँ जग्गा बाँझो राख्न बाध्य भएकोले अबको १० दिन भित्र सो बारेमा निणर्य नभए चरणवद्ध संघर्षमा जाने खडकाले बताए ।

पछिल्लो समय गाउँ-गाउँमा युवाहरुले क्लबहरु खोल्दै परिवर्तनको आशा राख्न थालेका छन । साथै स्थानीय सरकारलाई नागरिकसँग जोड्न युवाहरुले गाउँ-गाउँमा संघर्ष गरिरहेका छन् ।

प्रतिकृया

प्रतिकृया