सल्यान,
१० असोज/ जिल्ला प्रशासन कार्यालय सल्यानले शनिबार एक सूचना प्रकाशन गरी शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको छ । जिल्ला सदरमुकामलगायत विभिन्न स्थानमा तीव्र रुपमा कोरोना संक्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको हो ।


                                                                                 ADVERTISEMENT



जिल्लाका अधिकांश विद्यालयमा पढाइ भइरहेकाले कोरोनासम्बन्धी जटिल अवस्था सिर्जना हुन नदिन तत्कालका लागि रोक्न प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ्गले जिल्लाका सबै स्थानीय तहअन्तर्गतका विद्यालयलाई आग्रहसमेत गरेका छन् ।

अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि भन्दै स्थानीय तह तथा विद्यालयमा शुक्रबारदेखि नै पठनपाठन बन्द गर्न सूचना समेत पठाइसकेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

दैनिक उपभोग्य बस्तु किनमेलका लागि बिहान ६ बजेदेखि नौ बजेसम्म पसलहरु सञ्चालन गर्न पाइने र महत्वपूर्ण काम तथा मजदुरले दूरी कायम गरी काम गर्नु पर्ने व्यवस्था मिलाइएको उनले जानकारी गराए ।

प्रतिकृया

प्रतिकृया