सुशीला ओली ,घोराही
१२ – असोज / दाङको दामोदर सडक निर्माणको काम तीव्रताका साथ अघि बढेको छ । दाङको घोराहीदेखि बबई गाउँपालिका जोड्ने उक्त सडक कालोपत्रेको काम भइरहेको छ ।


                                                                                 ADVERTISEMENT



सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी चन्द्र शाहका अनुसार सोही सडकखण्डको ग्वारखोला गरगरुवादेखि सुकौरासम्म जोड्ने सडकखण्डमा कालोपत्रे गर्ने काम २५ प्रतिशत पूरा भएको छ । सोही स्थानमा अहिले पुनः साढे पाँच किलोमिटर सडक कालोपत्रेको काम सुरु भएको छ । सोही खण्डमा गत आर्थिक वर्ष असारको १० गते सम्झौता भएर काम सुरु भएको हो ।

अहिले नाला निर्माण, कटिङ, फिलिङ, ह्यूम पाइप क्रसिङ, साइड क्लियर गर्ने काम गरि २५ प्रतिशत काम पूरा भएको उनको भनाई छ । यस आर्थिक बर्ष २०७७/०७८ मा साढे पाँच किलोमिटर सडक मर्मत र कालोपत्रे गर्नका लागि १० करोड ८१ लाख बजेट विनियोजन गरिएको छ । सोही खण्डमा निर्माण सम्पन्न गर्नको लागि सिनर्जी विल्डर्स प्रालिलाई ढेड वर्षको समायावधि दिएको छ । यस वर्षमा भने गरगरुवाको क्षेत्रमा वाल लगाउने नाला बनाउने काम, वेलटाकुरा खण्डमा, सुकौरा खण्डलगायतका ठाउँहरुमा नाला निर्माणको काम भईरहेको छ ।

साथै सडक चौडा गर्ने काम पनि भईरहेको छ । गएको आर्थिक बर्षमा करिब तीन करोड ५२ लाखको बजेटमा जसपुरचोकदेखि पूर्वतर्फ ९ सय मिटर र पश्चिमतर्फ १३ सय मिटर काम सम्पन्न भएको छ । वडा नं ११ को वडा कार्यालय जाने सडकमा पनि कालोपत्रेको काम सम्पन्न भएको छ । गरगरुवाको भागको जसपुर चोकदेखि ९ सय किलोमिटर काम सम्पन्न भएको उनले बताए । उनले काम तीव्रताका साथ अघि बढेको बताए ।

प्रतिकृया

प्रतिकृया