दिप्तीशिखा चौधरी, दंगीशरण
१२-असोज / दंगीशरण गाउँपालिकाका विद्यालयहरु संचालनमा आएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समय सम्म बन्द रहेका विद्यालयहरु लकडाउन खुलेको केहि समयपछि संचालनमा आएका हुन् ।


                                                                                 ADVERTISEMENT



विद्यालय संचालनमा आएपछि ६ महिनादेखि ठप्प रहेको दंगीशरण गाउँपालिकाको विद्यालयको शिक्षण सिकाई क्रियाकलाप संचालनमा आएको छ ।

दंगीशरण गाउँपालिकाको विरेन्द्र मा.वि. हेकुली, सिद्धपृथ्वी जनता मा.वि. श्रीगाउँ, मा.वि. मधपुर, भानु मा.वि. प्रसडुवा, प्रा.वि. कौवाघारी, जनता आधारभुत विद्यालय बुटनीया, ज्ञानज्योती प्रा.वि.बोगटी, आधारभुत विद्यालय बाँकि बेटारपुर, रात्री प्रा.वि. सिम्ठाना, सरस्वती प्रा.वि. मिरौली, सरस्वती आधारभुत विद्यालय पदमपुर, रात्री आधारभुत विद्यालय बैबाङ्ग, लक्ष्मीनारायण आधारभुत विद्यालय सलौरा, प्रा.वि. मलईखोला, ज्ञानज्योती प्रा.वि. खलुवाचिस गरि १५ वटा सामुदायिक विद्यालयहरु संचालनमा आएका छन् ।

विद्यालयमा विद्यार्थीहरुको संख्याका आधारमा दिनमा ५० भन्दा कम विद्यार्थीहरु बोलाई समय तालिका अनुसार सिकाई सहजीकरणका रुपमा शिक्षण सिकाई क्रियाकलाप भईरहेको शिक्षा शाखा प्रमुख विनोद अधिकारीले जानकारी दिए ।

सामाजिक दुरी कायम गरेर कम मात्रामा विद्यार्थीहरु राखेर मापदण्ड अनुसार दंगीशरणका विद्यालयहरु संचालनमा आएका हुन् । कोभिड १९ को संक्रमणमा सुधार देखिएमा फेरी छलफल गरेर अगाडि बढ्ने शिक्षा प्रमुख अधिकारीले बताए ।

प्रतिकृया

प्रतिकृया