शरद रेग्मी,तुलसीपुर,
१४ असोज/ लायन्स क्लव डिष्ट्रिक ३२५ वि २ नेपालका गर्भनर लायन शम्भु नकर्मीले लायन्स क्लबले लागुपद्धार्थ दुव्र्यसनी अभियान अन्तर्गत पुनस्थापना केन्द्रमा बसेकाहरुलाई सिपमुलक तालिम सिकाउन लागेको बताएका छन् । उनले सिप सिकाई आत्म निर्भर गराउने अभियान सुरु गर्न लागेको बताएका हुन् ।


                                                                                 ADVERTISEMENT



रिपोर्टस क्लव दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा उनले विभिन्न सामाजिक कार्यहरु गदै आएको लायन्सले देशैभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए । उनले दुर्वोशनमा फसेकाहरुलाई कपडा बनाउने सिप सिकाई देशै भयर यो अभियान थाल्ने बतााए । उनले यो सिपमुलक तालिम पहिलो पटक हेटौडाबाट सुरु गर्न लागेको बताए । लायन्सले अन्य स्वास्थ्य, हरियाली, सरसफाई र कोभिड–१९ का कारण समस्यामा परेका व्यक्तिहरुलाई पनि लकडाउन अवधिभर सहयोग गरेको बताए । गर्भनर उनीहरुलाई कपडा निर्माण बताएका छन् ।

उनले लायन्सले सञ्चालन नकर्मिले कोभिड–१९ को संक्रमण रोकथामका लागि स्वास्थ्य सुरक्षाका साथै स्वास्थ्य सामग्रीहरु वितरण र सचेतना कार्यक्रमहरु समेत सञ्चालन गरेको बताए । ‘कोभिड–१९ को संक्रमण र त्यसबाट बच्न र विभिन्न समस्यामा परेकाहरुलाई लायन्स र लियो क्लवले विभिन्न सहयोगहरु गरदै आएका छौ –उनले भने । गर्भनर नकर्मिले आँखा स्वास्थ्य सेवामा विभिन्न कार्यक्रमहरु गदै आएको भन्दै एक हजार जना आँखा दान गर्न चाहाने व्यक्तिहरुको लागि सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताए । ‘आफनो आँखा दान गर्ने चाहनेहरुको लागि सहमति पत्रमा हस्ताक्षर आँखा दिवसको अवसरमा गर्ने तयारीमा छैं उनले भने ।

यस अघि निशुल्क आँखाको शल्यक्रिया तथा विभिन्न सामाजिक काम गदै आएको उनले बताए । गर्भनर नकर्मिले समाज सेवाका लागि सनातन देखिनै केहि रकम खर्च गर्नुपर्छ भन्ने मान्यता रहेको र सोहि अनुरुप लायन्स लियोका व्यक्तिहरुले विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरु गदै आएको बताए । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको पत्रकार समेलनको सहजीकरण महासचिव विमल गौतमले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया