प्रिया स्मृती गजमेर, लमही
२१-असोज / दाङको गढवा गाउँपालिकामा कार्यरत एक २८ वर्षीय कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । गएको विहीवार आफ्नो बुवा बिरामी भएपछी उपचारका लागि भाइ र बुवाको साथमा चितवन पुगेका ति पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।


                                                                         बिज्ञापन
   



अस्पतालले भर्ना गर्न भन्दा अघि विरामीको पीसीआर चेकजाँच गर्ने क्रममा बुवाको नेगेटिभ र भाईलाई पोजेटिभ देखिएको थियो । घर फर्किए पछि उनले गाउँपालिकामा आएर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई राप्ती गाउँपालिकामा रहेको कोरोना अस्पतालमा पठाईएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । चौधरीका अनुसार ती कर्मचारीमा कुनै लक्षण देखिएको छैन । कर्मचारीमा कोरोना पुष्टि भएपछि आगामी २८ गते सम्मका लागि गाउँपालिका सिल गरिएको छ ।

प्रतिकृया

प्रतिकृया