दाङ
२२-असोज / आइपिएलमा चेन्नई सुपरकिंग्सले चौथो हार बेहोरेको छ । बुधबार अबुधाबीमा भएको खेलमा चेन्नईलाई कोलकता नाइटराइडर्सले १० रनले पराजित गरेको हो । कोलकताको भने यो तेस्रो जित हो । कोलकता तेस्रो जितसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।


                                                                                 ADVERTISEMENT



टस जितेर पहिले ब्याटिङ गरेको कोलकता २० ओभरमा १६७ रनमा अलआउट भयो । कोलकताका लागि ओपनर राहुल त्रिपाठीले ८१ रनको योगदान दिए। उनले ५१ बलमा ८ चौका र ३ छक्का हिर्काए। शुभमान गिल ११ रनमा आउट भए भने सुनील नारिनले १७ रन भन्दा बढी जोड्न सकेनन् ।

कोलकताविरुद्ध चेन्नईका डिजे ब्राभोले ३ विकेट लिए । यस्तै कर्ण शर्मा, शार्दुल ठाकुर र साम कुरानले २-२ विकेट लिन सफल भए । १६८ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा १५७ रन मात्र जोड्न सक्यो । ओपनर सेन वाट्सनले ५० रन जोडे भने अम्बाती रायदुले ३० रन बटुले । कप्तान महेन्द्रसिंह धोनीले ११ रन भन्दा बढी जोड्न सकेनन्।

अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन्। बलिङमा कोलकताका पाँच बलरले १-१ विकेट लिए। शिभम् मावी, वरुण चक्रवर्ती, कमलेश नगरकोटी, सुनील नारिन र आन्द्रे रसेलले १-१ विकेट लिएका हुन्।आइपिएलमा बिहीबार सनराइजर्स हैदरावाद र किंग्स ११ पञ्जावबीच खेल हुनेछ ।

प्रतिकृया

प्रतिकृया