दाङ
२६-असोज / युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ ।


                                                                                 ADVERTISEMENT



सारजाहमा बैंगलोर र कोलकत्ता सातौं खेलका लागि मैदान उत्रने छन् । बैंगलोर र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ । सारजाह क्रिकेट स्टेडियममा बैंगलोर पाँचौ जितको खोजीमा हुनेछन् । अघिल्ला ६ खेलमा बैंगलोरले ४ जितसहित ८ अंक जोडेको छ ।

विराट कोहलिको कप्तानीमा रहेको बैंगलोर चौंथो स्थानमा रहेको छ । कोलकत्तालाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ । तर, दिनेश कात्र्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्तालाई हराउन बैंगलोरलाई सहज हुने छैन ।

कोलकत्ता पनि पाँचौ जितको खोजीमा हुनेछ । ६ खेलमा ८ अंक जोडेको कोलकत्ता तेस्रो स्थानमा रहेको छ ।

प्रतिकृया

प्रतिकृया