घोराही,
२८ असोज/ घोराही बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका उपभोग्य बस्तुहरु फेला परेका छन् । खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरको टोलीले आज घोराहीका बिभिन्न ५ वटा पसलहरु अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएका बस्तुहरु फेला परेका छन् ।


                                                                                 ADVERTISEMENT



अनुगमनका क्रममा म्याद गुज्रिएका बस्तुहरु राख्नुुका साथै मुल्यसुची नराख्ने, नविकरण नगर्ने जस्तो प्रवृती ब्यवसायीमा देखिएको कार्यालयका प्रमुख बिबेक बन्जाराले जानकारी दिए।

घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, प्रहरी र घाराही उपमहानगरपालिकाका एक एक जना प्रतिधिको सहभागितामा बजार अनुगमन गरिएको हो ।घोराही आर बि सस्तो किराना पसलमा म्याद गुज्रिएको क्याटबरी २९ वटा, खड्का लिक्वयर्समा २ सय ५० एमएलका २५ सीसी स्प्राईट र पुजा सप्लायर्समा कुकिज २ थान फेला परेको कार्यालयका प्रमुख बन्जाराले जानकारी दिए ।

अनुगमनका क्रममा ब्यवसायीहरुलाई मुल्य सुची देखिने गरी टास्न, खाद्य बस्तु अलग अलग राख्न, ब्यवसाय नविकरण गर्न चेतावनी दिदै ब्यवसायीलाई सचेत पारिएको छ ।

प्रतिकृया

प्रतिकृया