तिर्थराज ज्ञवाली, देउखुरी
२९-असोज / राप्ती क्षेत्रका गरिब विपन्न कृषक परिवारको छनौट गरी नामसालिङ विकास केन्द्रले बिउपल उपलब्ध गराएको छ ।


                                                                                 ADVERTISEMENT



राप्ती गाउँपालिकासंगको समन्वयमा एकिकृत परियोजना सञ्चालन गर्दै आएको नामसालिङले वडा न. १ देखि ९ सम्मका करिब चार सय जना किसानलाई उन्नत जातको गहुँको बिउ, प्रथम पुस्ता र दास्रो पुस्ताको आलुको बिउ तथा करिब ४५० घरधुरीलाई पुग्ने गरी तरकारी, प्याज, रायो, मुला, गाँजर, सिमि, खुर्सानी लगायतको बिउ उपलब्ध गराएको हो ।

पोषण, कृषि, जलवायु परिवर्तन अनुकुलन, आयआर्जन वृद्धि, सुशासन तथा सामाजिक समावेशीकरणको क्षेत्रमा काम गर्दै आएको नामसालीङ विकास केन्द्रले कृषकलाई कृषि खेती प्रणालीको जानकारी दिदै बिउ उपलब्ध गराएको कृषि अधिकृत शशाङ्क बाबु आचार्यले जानकारी दिए ।राप्ती गाउँपालिकाका विभिन्न २३ गाउँका गठित कृषक समुहका २०० बढी कृषक परिवारलाई गहुँ, आलु तथा तरकारीका बिउँपल उपलब्ध गराईएको हो ।

राप्ती गाउँपालिकासँगको समन्वयमा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत कृषकलाई बिउपल उपलब्ध गराईएको हो । विकास कोष नर्वेको सहयोगमा संचालित परियोजना विकास कोषले राप्तीका दुर्गम बस्तीमा खानेपानी, सिंचाई, गोठ सुधार, सुधारिएको चुलो वितरण लगायतका काम गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया