प्रिया स्मृती गजमेर,लमही,
२९ असोज/ लमही नगरपालिका वडा नं. ९ रिहारमा जनता आवास मार्फत निर्माण भएको पक्कि घर शसिला विश्वकर्मालाई हस्तान्तरण गरिएको छ । प्रदेशसभा सदस्य रेवतीरमण शर्माले घरको साँचो विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् ।


                                                                                 ADVERTISEMENT



त्यस अवसरमा सांसद शर्माले जनता आवास मार्फत बनेका पक्कि घर हस्तान्तरण कार्यक्रममा घर धनी र घर परिवारका सदस्यलाई सम्मान गर्ने अभियान थालिएको शर्माले बताए । विपन्न दलितहरुमाथी विभेद हटाउन जनता आवास कार्यक्रमले सहयोग पु¥याउने उनले बताए । समाजमा अपेहेलित हुनुपर्ने अवस्था रहेको भन्दै अव त्यो विभेदको अन्त्य गर्न यो अभियानले सहयोग गर्ने उनको भनाई थियो ।

घरधनी शसिला विकको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, रतनकुमार केसी, नेकपा लमही नगर ईञ्चार्ज अम्मर कवर (नविन), वडा नं. ९ का पार्टी अध्यक्ष खिमबहादुर केसी, नगर सचिवलाय सदस्य ज्ञानराज नेपाली, कल्पना बुढालगायतले मन्तब्य ब्यक्त गरेका थिए । सांसद रेवतीरमण शर्माको निर्वाचन क्षेत्रमा अहिले सम्म ८८ ओटा पक्कि घर जनता आवास मार्फत निर्माण गरेर विपन्न दलित तथा मुस्लिम समुदायका परिवारलाई हस्तान्तरण गरिएको छ ।

प्रतिकृया

प्रतिकृया