तुलसीपुर
१-कात्तिक / दाङको लमही नगरपालिका-२ केरुनियामा एकजना पुरुषको शव फेला परेको छ । अन्दाजी ६५ वर्षिय ती पुरुषको शव राप्ती नदीको बिच भागमा वेवारिसे अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले बताए ।


                                                                                 ADVERTISEMENT



ती पुरुषको गोजिमा विद्युतको बिल तिरेको कागजको आधारमा शिबराज नगरपालिका वडा नम्बर २ हल्लानगरको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया