घोराही
१-कार्तिक / घोराहीमा रहेको राप्ती विकास बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनिराम न्यौपानेको अध्यक्षता तथा निर्वतमान अध्यक्ष पहलमान चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।


                                                                                 ADVERTISEMENT



कोरोना संक्रमणको संन्त्रास कायमै रहेकाले सिमित व्यक्तिको सहभागितामा साधारणसभा सम्पन्न गरेको संस्थाका साहयक व्यवस्थापक आर.एम.जगित कुसुम्याले जानकारी जानकारी दिए । त्यसअवसरमा संस्थाका सदस्य नारायण चौधरी र सल्हाकार दामोदर पाण्डेले संस्थामा आवद्ध सदस्यहरुको आयआर्जन संग जोड्दै अगाडि बढ्न आग्रह गरेका थिए । संस्था मार्फत हुँदै आएका क्रियाकलापलाई पारर्दशि ढङगले चुस्तदुरुस्त पार्दै काम गर्न आवस्यक रहेको धारणा राखेका हुन् ।

साधारणसभाका अवसरमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष नारायणप्रसाद पौडे्ल र सांगाठनिक प्रतिवेदन सचिव कुलराज चौधरीले प्रस्तुत गरेका थिए । लेखा संयोजक खडानन्द खनालले संस्था मार्फत हुँदै आएका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

साथै संस्थाले उत्कृष्ट वचतकर्ता लोक बहादुर चौधरी, ऋणकर्ता रेवति बहादुर डांगी र संस्थाका सदस्य सुमित्रा योगीलाई कदरपत्रले सम्मान समेत गरेको छ । सदस्य तिलक पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभाको सहजिकरण सचिव कुलराज चौधरीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया