दाङ
१ कार्तिक/ सर्वाेच्च अदालत शनिबारदेखि कात्तिक १५ गतेसम्म बन्द हुने भएको छ । सर्वाेच्च अदालत प्रशासन महाशाखाले एक सूचना जारी गर्दै घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जनाएको हो ।


                                                                                 ADVERTISEMENT



तर, उक्त अवधिमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने महाशाखाले जनाएको छ । शनिबार र दशैंको टिकाको दिन बाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि खुला रहने बताइएको हो । तर, अरु मुद्दामा भने सुनुवाइ नहुने बताइएको छ ।

प्रतिकृया

प्रतिकृया