तुलसीपुर,
१ कात्तिक / पछिल्लो समय नेता कार्यकर्ताहरुलाई जनता भुल्दै गएको भन्ने गुनासो आईरहेका बेला राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ किसान वारीमै पुग्ने गरेका छन् । वारीमा पुगेर भेटघाट मात्रै होईन्, किसानसंगै काममा सघाउने अभियान थालेका छन् ।


                                                                                 ADVERTISEMENT



किसानकै प्रतिनिधित्व गर्ने नेतृत्वले खेतिपाति त गर्न छोडे नै, किसानका आवाज पनि सुन्न छोडे भन्ने गुनासो बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश सचिब समेत रहेका शर्मा हिजोआज किसानका खेतखेतमा पुग्ने गरेका छन् ।

किसानका खेतमा गएर किसानका समस्या, पीडा, आबश्यकता, आधुनिक कृषि प्रणाली विस्तारका सम्भाब्यता लगायतका विषयमा बुझ्ने गरेको उनले बताए ।‘ नेपाल कृषि प्रधान देश हो, कृषि प्रधान देशमा किसानलाई सम्मान गर्नुपर्छ’, उनले भने‘ अहिले अभियानकै रुपमा हामी किसानका खेत–खेतमा पुग्ने गरेका छौं, किसानका समस्या पहिचान गर्नुका साथै गुनासो पनि सुन्ने गरेका छौं ।’ उनले थपे‘आधुनिक कृषि प्रणालीको विस्तार गर्न पनि हामी किसानका खेतमा पुग्ने गरेका छौं ।’

किसान र राजनीतिक नेतृत्वमा भावनात्मक सम्बन्ध हुनुपर्ने र किसानहरुका हरेक समस्या समाधान गर्न तर्फ लाग्न पनि किसानसंग सहकार्य गर्नुपर्ने उनको भनाई छ । उनले आफु सधै किसान, गरीब, दुःखीकै साथमा रहेको बताए । यसैबीच शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ कट्कुइँयाका शहीद परिवारको घरमा श्रमदान गर्न पुगेको जनयुद्द स्मृति सहकारी संस्थाका अध्यक्ष आजाद खड्काले बताए ।

सहीद अमृता चौधरीको घरमा गएर सामूहिक धान काटेर श्रमदान गरेको उनको भनाई छ । शहीद परिवारलाई सहानुभूति प्रदान गर्नुकासाथै सहीदसंग सम्बन्धलाई थप समधुर बनाएको उनले बताए ।

यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिलामा पनि धान काटेर सामूहिक श्रमदान गरिएको हो । नेकपा तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष खुसीराम चौधरीको घरमा गएर श्रमदान गरिएको हो । तत्कालिन माओवादीले सामूहिक श्रमदान गर्ने पद्धतिलाई अंगीकार गर्दै दुःखी गरिबलाई सहयोग गर्ने गर्दथ्यो ।

प्रतिकृया

प्रतिकृया