तुलसीपुर,१४ कात्तिक/ लुम्बिनी प्रदेश स्थायी राजधानी तोकिएसंगै हिउँदे अधिवेशनको तयारीकालागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीलेदेउखुरीको बिभिन्न क्षेत्रको निरीक्षण गरेका छन् ।
स्थायी राजधानी देउखुरी तोकिएसंगै हिउँदे अधिवेशन देउखुरीमा गर्न थालिएको हो । शुक्रबार लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलको परिसरमा संसद बैठक सञ्चालन गर्न सम्भव भएर/भएको बारेमा टोलीले अध्ययन एवं छलफल गरेको हो ।
तिहार पछि हुने हिउँदे अधिवेशन देउखुरीमा गर्ने तयारी गरिएको छ । १६ विघा क्षेत्रफलवमा राप्ती प्राविधिक शिक्षालय भएकाले प्रदेशसभा सञ्चालन गर्न उपयुक्त रहेको कुरा उठेपछि निरीक्षण तथा छलफल गरिएको हो ।