रुकुमपश्चिम 
१५-कातिक / रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकाले ५ सैयाको अस्पताल सञ्चालन गरेको छ । नगरपालिकाको चिन्नेबगरमा शहीद स्मृति नगर अस्पताल सञ्चालन गरी नगरवासीलाई सेवा दिन सुरु गरिएको हो ।


                                                                                 ADVERTISEMENT



अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी सेवा, प्रसुति सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवाहरु सञ्चालन हुने नगर प्रमुख विशाल शर्माले जानकारी दिए । सरकारवाट प्रदान हुने निःशुल्क तथा सशुल्क औषधि तथा सेवा सुविधा अस्पतालवाट प्राप्त गर्न सकिने उनले बताए ।

स्पताल निर्माणका लागी नगरपालिकाको ११ लाख ५० हजार र कर्णाली प्रदेश सरकारको पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तरगत ६९ लाख ५० हजार गरी कुल ८१ लाख खर्च भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया