घोराही,
२३ कार्तिक/ कोरोना संक्रमणका कारण कमजोर बनेको आन्तरिक पर्यटनलाई माथि उठाउने उद्देश्यले बिश्वसाईकल यात्रीको रेर्कड राखेका पुस्कर शाहीको १३ सदस्यीय साईकल यात्री दाङमा आई पुगेका छन ।


                                                                                 ADVERTISEMENT



स्वस्थ्य र सुरक्षित हुन सके कोरोना संक्रमण बाट सुरक्षित हुन सक्ने र पर्यटन प्रर्बद्धन गर्न सकिने सन्देश दिन सुदुरपश्चिमको महाकालीबाट पूर्बी नेपालको ईलाम पुग्ने शाहीले बताए ।दाङमा गरिएको स्वागत कार्यक्रममा बोल्नुहुदै शाहीले साईकिल यात्रा शुरु गरेको ५ औ दिन दाङको तुलसीपुरमा आईपुगेको र पुर्बी नेपालको ईलाम सम्प पुग्दा २४ जिल्लामा आन्तरिक पर्यटन प्रर्बद्धनको सन्देश दिने बताए ।

२२ दिने साईकल यात्रको लागि नेपाल पर्यटन बोर्डले पर्यटन प्रर्बद्धनका लागि सहयोग गरेको जानकारी दिनुभयो । कोरोनाका कारण सबैभन्दा बढी होटलहरु मारमा परेको उनले बताए ।महाकालीबाट दाङ प्रबेश गरेका शाही नेतृत्वको टोलीलाई दाङका साईकिलष्टहरुको युवा समूहले आज दाङ र बाँकेको सीमाबर्ती अमिलियामा स्वागत गरेका रेश्मीराज अधिकारीले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया