प्रिया स्मृती गजमेर, लमही
२६ – कात्तिक / देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाट जनकपुरमा ट्रकको ठक्करबाट ज्यान गुमाएका परिवारलाई तत्काल क्रिया खर्च र क्षतिपुर्ति दिलाउने शर्तमा सहमति भएको छ ।


                                                                                 ADVERTISEMENT

 


स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, मृतकका आफन्तहरु विच भएको सहमतिमा उक्त ट्रकको चालकलाई हदै सम्मको कानुनी कार्वाही हुनु पर्ने, मृतकका नजिकका आफन्तले कानुन अनुशार पाउनु पर्ने उचित क्षतिपूर्ति दिलाई दिने र उक्त क्षतिपूर्ति दिन आलटाल गरे हदै सम्मको सजाय माग दावी गर्दै सहमति भएको हो ।

दुई पक्षीय सहमति भएपछी अहिले बिहानै देखि बन्द रहेको पुर्व पश्चिम राजमार्ग संचालनमा आएको छ । मृतकको शबलाई पोष्टमाटम गरेर आफन्तलाई बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया