प्रिया स्मृती गजमेर,लमही
२८  कात्तिक / लमहीका एग्रोभेट र मेडिकलमा म्याद गुज्रिएका सामान भेटिएका छ्न । लमही नगरपालिका र इलाका प्रशासन कार्यालय लमहीले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा ति सामान भेटिएका हुन ।


                                                                                 ADVERTISEMENT



चाडवाडमा ब्यवसायीले सेवाग्राही सङ्ग गर्ने बदमासीलाई मध्यनजर गर्दै अनुगमन थालिएको हो । अनुगमनमा चार हजार ६ सय ६७ मूल्य बराबरको म्याद गुज्रीएका सामाग्री जफत गरिएको लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले जानकारी दिए। उनका अनुसार लमहीको कृपा मेडिकल, सन्चो मेडिकल, देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजि सेवा, सृष्टि आयुर्वेद मेडिकल र एग्रोभेट तर्फ देउराली एग्रोभेट सेन्टर, लालिगुरास एग्रोभेट सेन्टर, बिनोद एग्रोभेट सेन्टर, एस।एस बीउ विजन सेन्टरको अनुगमन गरिएको हो ।

अनुगमन गर्दा लमहीका केही मेडिकल र एग्रोभेट सेन्टरमा व्यवस्थापन आम्शिक रुममा राम्रो देखिए पनि केही मेडिकल संचालकले अनुगमनको क्रममा आवश्यक कागजात कुनैपनि देखाउन सकेका थिएनन।

यस्तै देउखुरी स्वास्थ्य क्लिनिक प्याथोलोजि सेवा सेन्टरबाट म्याद गुज्रीएको १२ सय ९७ रुपैँया बराबरको इञ्जाइम औषधी जफत गरिएको छ भने देउराली एग्रोभेट सेन्टरबाट ४०.८ किलो डिएपि मल, विक्री गर्न रोग लगाइएको र लालिगुरास एग्रोभेटबाट २६ सय विस रुपैँया बराबर म्याद गुज्रीएको कृषि तथा भेटेनरीका सामाग्री जफत गरिएको हो ।

पसलहरुले विल बिनै कारोबार गरेको पाइएको छ, यो भन्दा अघिल्लो पटक पनि हामीले ब्यापारीलाई सामान बिक्रि गरेपछि विल दिने गर्नुस भनेका थियौ तर उनीहरुले अटेरी गरेको इलाका प्रशासन कार्यालय लमहीका नायब सुब्बा बामदेव गिरिले भने ।

यस्तै अनुगमनको क्रममा लमहीका एग्रोभेटहरुले पनि विक्रि विल दिने नगरेको पाइएको लमही नगरपालिका कृषि विकास शाखा प्रमुख अमर चौधरीले जानकारी दिए । चौधरीका अनुशार लमहीका धेरै एग्रोभेटहरु नगरपालिकामा नविकरण नगरेको र म्याद गुज्रिएको बीउ तथा विषादीको उचित व्यवस्थापन नगरेको पाइएको हो । मेडिकलहरुमा नविकरण नगरेको समेत पाइएको छ ।

शुक्रवार लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा नगरपालिका प्रवक्त बिमहादुर केसीको संयोजक तथा लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेल, कृषि विकास शाखा प्रमुख अमर चौधरी, इलाका प्रशासन कार्यालय लमहीका नायब सुब्बा बामदेव गिरी, लमही होटल व्यवसायी कोषाध्यक्ष श्यामबहादुर कुवँर, वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरिक्षक विष्णु केसी र पत्रकारहरुको संयुक्तमा लमही बजारको स्थलगत अनुगमन तथा निरिक्षण गरिएको थियो । अनुगमनको क्रममा म्याद गुज्रिएर जफत गरिएको सामाग्रीलाई नष्ट गरिएको छ ।

प्रतिकृया

प्रतिकृया