घोराही,
५ मंसिर/ घोराही उपमहानगरपालिकाले यही मंसिर ७ गते देखी विद्यालयहरु सञ्चालन गर्ने भएको छ । उपमहानगरको शिक्षा समितिको आज बसेको बैठकले २०७७ कार्तिक २० को मन्त्रीस्तरीय निर्णयबाट स्विकृत कोरोना सन्दर्भमा विद्यालय सञ्चालन कार्यढाँचा अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।


                                                                                 ADVERTISEMENT



यस अघि विद्यालयमा सिकाइ सहजिकरणको नाममा सिकाइ केन्द्र चलेका थिए ।समितिका संयोजक एवं नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले मंसिर ७ गते देखी विद्यालय सञ्चालन गर्ने र एक बेन्चमा २ विद्यार्थी मात्रै राखेर शिक्षण सिकाई क्रियाकलाप गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, विहान साढे १० देखी अपरान्ह साढे ३ बजे सम्म विद्यालय सञ्चालन गर्ने, १० गते देखी बसहरुले विद्यार्थी बोक्ने र बसहरु भएका विद्यालयले विद्यार्थी बोक्दा सिटमा मात्रै सिमित विद्यार्थी राख्ने र खेपसार गरेर सञ्चालन गर्ने तथा आबस्यक स्वास्थ्य सुरक्षामा विद्यालय, विद्यार्थी र अभिभाबकले विषेश ध्यान दिने निर्णय भएको छ ।

बैठकले सामाजिक विकास समितिका संयोजक भरतमणि अर्यालयको संयोजकत्वमा शाखा अधिकृत एवं नगर शिक्षा समितिका सदस्यहरु नारायणप्रसाद पौडेल, ज्ञानेन्द्र गौतम, निशान्त आचार्य र माया रावत सदस्य रहेको विद्यालय अनुगमन समिति गठन गरेको छ ।

प्रतिकृया

प्रतिकृया