तुलसीपुर, ६ मंसिर/ अपहरण तथा लुटपाटका अभियुक्त पारस केसीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । राम्रीमा बस लुटपाट र एक जना युवतीलाई अपहरण गरेको अभियोगमा घोराही उपमहानगरपालिका ५ निवासी केसीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले बताए ।


                                                                                 ADVERTISEMENT



शुक्रबार बेलुका जिल्लाबाट खटिएको प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका ११ सुकौराबाट पक्राउ गरेको हो । केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरी निरिक्षक शर्माले बताए । उनी विरुद्ध दर्जनौ केश परेका छन् ।

प्रतिकृया

प्रतिकृया