घोराही, ६ मंसिर/ दङ्गाली सष्टा गीतकार एव गजलकार प्रवल बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रह ‘अनमोल’को आज शनिबार बिमोचन भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आज शनिबार घोराहीमा आधुनिक गीतिसंग्रह अनमोलको बिमोचन गरिएको हो ।


                                                                                 ADVERTISEMENT



कार्यक्रममा एल्बममा रहेका गीत तथा भिडियोलाई देखाइएको थियो । गजल अभियान दाङका अध्यक्ष समेत रहेका बिष्टद्वारा रचना गरिएको आधुनिक गीतिसंग्रहमा दाङ निवासी विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । आधुनिक गीतिसंग्रह अनमोलमा बिष्टको एकल रचना र श्रेष्ठको एकल संगीत रहेको छ । बिष्टको यो दोश्रो एकल गीति संग्रह हो ।

सयुक्त रुपमा अन्य गीतिसंग्रहहरु बजारमा आईसकेका छन । राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा साहित्यकार नारायण नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीतकार प्रवल विष्ट, संगीतकार सन्तोष श्रेष्ठ, गायिका सुप्रिया पाण्डे लगायतले मन्तव्य राखेका थिए ।

विमोचित एल्बममा रहेका गीतहरूको समीक्षा गीतकार प्रकाश के।सीले गरेका थिए शाखाका उपाध्यक्ष नगेन्द्र गुरुको शुभकामनाबाट सुरू भएको कार्यक्रमको सहजीकरण आदिम केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया