तुलसीपुर,
१३ मंसिर/ राप्ती राजमार्ग अन्तर्गत पर्ने तुलसीपुर–सल्यान सडकखण्डमा र्फोस गाडी अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् ।


                                                                                 ADVERTISEMENT


 


शुक्रबार दिउँसो पौने ३ बजेतिर रुकुमबाट तुलसीपुर तर्फ आउँदै गरेको बा ५ ख ५६०९ नम्बरको गाडी तुलसीपुर उपमहानगरपालिका – ३ हर्नेटीमा अनियन्त्रित भैइ पल्टिदा २ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा रुकुम चौरजहारी नगरपालिका १३ घुघुते निवासी २९ वर्षिय प्रदिप विक रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको अस्पतालले जनाएको छ । साथै सोही ठाउँ निवासी घाइते १३ वर्षिय शुष्मा कामीको सामान्य उपचार डिस्चार्ज भएको छ ।

यसैबीच तुलसीपुरको मदनआश्रित चोकस्थित कार र स्कुटर एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् ।तुलसीपुरको विरेन्द्र चोकदेखि गुम्ह्राचोक तर्फ जादै गरेको बा १६ च ८५८८ नम्बरको कार र रा ६प ६७८ नम्बरको स्कुटर एक आपसमा ठोकिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–८ टिकरी निवासी ५० वर्षिय शेरबहादुर बोहरा र सोही ठाउँ निवासी ६५ वर्षिय गोरी बोहरा घाइते भएका छन् । घाइते स्कुटर चालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि डिस्र्चाज भएको छ भने पछाडी सवार बोहराको राप्ती लाइफ केयर अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

प्रतिकृया

प्रतिकृया