रोल्पा
१३-मंसिर / रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । सुनिल स्मृति गाउँपालिका-४ जीलाखोलामा ३ र ४ मिटर दूरीको फरकमा दुई जना पुरुषको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख उपरिक्षक नरेश सुवेदीले बताए । प्रारम्भीक अनुसन्धान अनुसार मृतकहरु करिब २० दिन अघि भिरबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।


                                                                                 ADVERTISEMENT


 


मृतकले प्रयोग गरेको सिम दाङ घर भएका कृष्ण केसीको नाममा रहेको डिएसपी सुवेदीले जानकारी दिए । कतैबाट भाग्दै आएर भिरबाट खोंचमा खसेका मृतक दाङ र प्युठान घर भएका हुनसक्ने प्रहरीले बताएको छ । शुक्रबार दिउँसो माछा मार्न गएका बालबालिकाले दुई जनाको शव देखेपछि प्रहरीलाई राती आठ बजे खबर गरेका थिए ।

प्रतिकृया

प्रतिकृया