काठमाडौं
१३ मंसिर / तत्काल संसद अधिवेशन बोलाउन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकार समक्ष पुर्‍याउन नसकेको उनको भनाइ छ । काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै नेता सिंहले चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरे ।


                                                                                 ADVERTISEMENT


 


जनप्रतिनिधिहरुले जनताका दुःख, दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउन तिर लाग्नु पर्ने उनले बताए । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नु पर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनु पर्ने पनि बताए । ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको बताए ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले आपसी खिचातानीमा अल्झिने र देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न पार्टीका नेताहरुलाई आग्रह गरे ।

प्रतिकृया

प्रतिकृया