घनश्याम वुढाथोकी,रोल्पा, २४ मंसिर/ कोरोना संक्रमणवाट मृत्यु भएका प्रहरी कर्मचारीको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक सहयोग गरेको छ । मंगलवार दाङको राप्ती गाउपालिका वडा नं. ५ मौरिघाटमा रहका मृतक प्रहरी नायव निरीक्षक यज्ञमणी वैदिकको घरमै पुगेर एकलाख ३० हजार आठ सय ५ रुपैया मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।


                                                                                 ADVERTISEMENT


 


जिल्ला तथा मातहतका सवै प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वैच्छिक रुपमा संकलन गरि जम्मा भएको उक्त रकम प्रहरी निरीक्षक सन्तोष कुमार केसीले मृतकको श्रीमती कमला वैदिकलाई हस्तान्तरण गरेका हुन् ।

मृतकको १३ औ दिनको पुन्यतिथीमा जिप्रका रोल्पाबाट प्रहरी टोली घरमै पुगेको थियो । जिप्रका रोल्पामा कार्यरत वैदिकको कोरोना संक्रमण भई उपचारको क्रममा गत मंसिर ११ गते भेरी अञ्चल अस्पताल वाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रहरी नायव निरीक्षक वैदिकको श्रिमती र १ छोरा रहेका छन् ।

प्रतिकृया

प्रतिकृया