लक्ष्मण बस्नेत, तुलसीपुर
१३-पुस / दाङको तुलसीपुरमा खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ । स्वतन्त्र युवा क्लब तुलसीपुर-६ राजापुरको आयोजनामा संचालन हुन लागेको प्रतियोगिता यहि पुस २३ गतेदेखि सुरु हुुदैछ । स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा प्रदेश नं. ५ लगायत अन्य प्रदेश बिच शसक्त भलिबल टिमको सहभागिता रहने क्लबका अध्यक्ष संदिप गौतमले जानकारी दिए ।


                                                                                 ADVERTISEMENT


 


विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको जिल्लाको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ । प्रतियोगिताको बिजेता टिमले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिम ले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने प्रतियोगिता संचालन समितिका संयोजक एचआर मगरले जानकारी दिए । यसैबिच प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । उसले टिम दर्ता, प्रचारप्रसार, आर्थिक व्यवस्थापन, खेल मैदान निर्माण लगायतका पक्षमा तिब्रता दिएको संयोजक मगरले बताए ।

प्रतिकृया

प्रतिकृया