सल्यान
१६-पुस / सल्यानमा १६ वर्षिया युवती माथि सामुहिक बलात्कार भएको छ । शारदा नगरपालिकाकी १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका वडा नं.४ निवासी २२ वर्षीय सुरेश बस्नेत र सोही ठाउँ निवासी २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरेको छ ।


                                                                                 ADVERTISEMENT


 


आफन्तको घरमा बस्दै आइरहेकी किशोरीमाथि पुस ८ गते बलात्कार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताए । आमाबुबाको संरक्षणमा नरहेकी ती किशोरी आफन्तको घरमा बस्दै आइरहेकी थिइन् ।

प्रहरीका अनुसार पीडित किशोरीका आमा नरहेको र बुबा पनि रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका छन् । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया