लक्ष्मण बस्नेत,तुलसीपुर
२५ पुस/ रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको सयुक्त आयोजनामा भएको खेलकुद सप्ताहको शनिवार एक कार्यक्रमकाबीच समापन गरिएको छ । स्वास्थ्य, शिक्षा र खेलकुद लगाएत सामाजिक सेवा कार्यमा समर्पित उक्त संस्था ले आफ्नो वार्सिक कार्यक्रम अनुसार खुला ब्याडमिन्टन,मैत्रीपूर्ण फुटसल र क्रीकेट को आयोजना गरेको थियो ।


                                                                                 ADVERTISEMENT


 


जस अन्तरगत खुला ब्याडमिन्टन प्रतियोगितामा मोहन भण्डारी र किशोर चौधरी को जोडि प्रथम भएको छ । फाइनलमा नितन गुरुङ र क्षेत्र भण्डारीको जोडीलाई २१–१३,२४–२२ र २१–१८ अर्थात २–१ को सेटमा पराजित गर्दै मोहन र किशोरको जोडिले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

त्यस्तै मैत्रीपुर्ण फुटसलमा रोटरी क्लब अफ तुलसीपुर सीटी प्रथम भयो । फाईनलमा रोट्रयाक्ट क्लब अफ तुलसीपुरलाई शून्यका बिरुद्ध । गोल अन्तरले पाखा लगाउदै रोटरी क्लब प्रथम भएको हो । त्यसैगरी मैत्रीपुर्ण क्रीकेटमा रोटरी क्लब प्रथम भएको छ ।

फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रोट्रयाक्टले दिएको १ सय ५९ रन को बिजयी लक्ष्य रोटरी ले १४ ओभरमा भेटाउदै ६ बिकेटले बिजयी हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

यसैबिच खेलकुद सप्ताहको समापन समारोह रोटरी क्लब अफ तुलसिपुर सीटीका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा रोटरी क्लब का ड्रीस्टिक थ्रीटु नाईन टु कुशल तर्तालको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा रोटरी क्लबका पास्ट प्रीसिडेन्ट तुफान बाबू श्रेष्ठ, अनुप कुमार श्रेष्ठ , लगायतकाले बोलनु भएको थियो । रोट्रयाक्ट क्लब तुलसीपुरको अध्यक्ष प्रमिस लामिछानेको स्वागत रहेको कार्यक्रममा बिजेता खेलडीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन रोटरी क्लब अफ तुलसिपुर सीटीका महासचिव देबेन्द्र केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया