प्रिया स्मृती गजमेर, लमही
२८ पुस/ लमही नगरपालिका वडा नम्बर ९ रिहारमा रहेको कर्मठ सामाजिक महिला उद्यमी महिला सहकारी संस्थाको सातौं साधारणसभा तथा अधिवेशन उद्घाटन मंगलवार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले सहकारी संस्था समृद्धिको बलियो आधार भएको बताए । आर्थिक रुपमा पछाडि परेका घर परिवारको जीविकोपार्जनको लागि सहकारीहरू सारथि जस्तै भएको सांसद शर्माले बताए ।


                                                                                 ADVERTISEMENT


 


सरकारले तीन खम्बे अर्थ नितिलाइ प्राथमिकता राखेको बताउदै आर्थिक विकासका तीन ओटा आधारहरुलाई जोड दिनु पर्ने उनको भनाई छ । सरकार, सहकारी र निजि क्षेत्रको सहकार्यबाट नै आर्थिक उन्नति गर्न सकिने समेत शर्माले बताए । सहकारीमा आवद्द भएर जीवनस्तरमा सुधार आएका उदाहरण प्रसस्त भएको भन्दै सहकारीको माध्यमबाट महिलालाई सशक्तीकरण र उद्यमशिल बनाउने काम भएको शर्माले उल्लेख गरे ।

सहकारी संस्थाका अध्यक्ष देविमाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लमही नगरपालिका–८ का अध्यक्ष मेघनारायण चौधरी, ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आस्मानी चौधरी, परियोजना संयोजक भिमकान्त चौधरी, समाजसेवी अम्बर कवर(नवीन), राष्ट्रिय सहकारी बैंकका तालिम संयोजक नारायण बेल्वासे, वडा सदस्य खिमबहादुर योगी, पत्रकार बसुन्धरा गौतम लगायतका वक्ताहरुले बोलेका थिए ।

साधारणसभामा सहकारी संस्थाका सचिव शिला चौधरीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सस्थांका लेखापाल जानकी चौधरीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । नेत्रा खड्काको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन सदस्य गंगा घर्तीले गरेकी थिइन ।

उत्कृष्ट महिला उद्यमी सम्मानित
लमही नगरपालिका–९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले ५८ ओटा समूह मध्य पुष्पाञ्जली उपहार समुहलाइ उत्कृष्ट समुहको रुपमा सम्मान गरिएको छ । उत्कृष्ट बचतकर्ताको रुपमा शान्ति महिला समूह देविमाया थापा, उत्कृष्ट उद्यमी कृष्णा बुढा, उत्कृष्ट किसान हुमा ओली, मिनिकुमारी बुढा, उत्कृष्ट ऋणी माइति चौधरी, जेष्ठ नागरिक ७० बर्षिय शान्ता कुमाललाई सम्मान गरिएको छ । विपन्न शेयर सदस्यका छोराछोरीलाइ छात्रवृत्ति वितरण गरिएको छ । कक्षा ८ मा पढ्ने गंगा थापा, तारा कुमाल, मनिसा रोकालाइ नगद २५ सय रुपैयाँ प्रदान गरिएको छ ।

प्रतिकृया

प्रतिकृया