तुलसीपुर
२९ पुस/ नेपाली समुदायको महान पर्व माघेसंक्रान्ती अर्थात माघी पर्वको अवसरमा सम्पूर्ण नगरबासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नेपाली समाजमा विभिन्न जातजातिका विभिन्न खालका पर्वहरु विशेषरुपमा रहेका हुन्छन् । यो विविधता हाम्रो पहिचान र गौरब पनि हो । थारु र मगर जातिका लागि माघी महत्वपूर्ण पर्व मानिन्छ । तुलसीपुर थारुजातिका लागि ऐतिहासिक नगर हो । थारुहरुका राजा दंगिशरणले राज्य गरेको ठाउँका रुपमा पनि यो निकै प्रख्यात रहेको छ । यस्ता पर्वहरुले विभिन्न जातजातिका धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने गर्दछन् ।


                                                                                 ADVERTISEMENT


 


तुलसीपुर नगर सबै जातजाति र सम्प्रदायको साझा चौतारी हो । समाजमा रहेको विविधताको रङ्गभित्र एकता लुकेको हुन्छ । जातजाती, परम्परा र संस्कृतिका हिसावले भिन्न भएपनि सबैका विचमा आपसी एकता र सद्भावको भावना निकै बलियोसँग कसिएको देखिन्छ । आआफ्नो साँस्कृतिक र धार्मिक मान्यता अनुृरुप एकापसमा भेट्ने र रमाइलो साटासाट गर्ने पर्वका रुपमा माघीको महत्व पछिल्लो दिनमा थप वलियो देखिन्छ ।

विश्व कोरोना महामारीबाट विस्तारै उन्मुक्ति पाउने बाटोमा अगाडी वढिरहेको छ । हामीले चाडपर्वका नाममा कोरोना जोखिमका बारेमा सचेतना अपनाउन सकेनौ भने यसले विकराल रुप लिने निश्चित छ । चाडपर्वका नाममा अनावश्यक भिडभाड र होहल्ला गर्ने क्रमको हामीले अन्त्य गर्नुपर्दछ । रमाइलो गर्ने नाममा कोरोनाको जोखिमलाई कदापी भुल्नु हुँदैन । विशेष थारु समुदायले नयाँ वर्षकै रुपमा मनाउने यो पर्वले सबै जातजातिका विचमा एकताको सन्देश प्रवाह गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रतिकृया

प्रतिकृया