रुकुम पश्चिम
८-माघ / रुकुम पश्चिमको आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ । आठबीसकोट नगरपालिका-९, राडीबजारमा ६ गते बेलुकी ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


                                                                                 ADVERTISEMENT


 


नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो । स्थिती सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताएका छन् ।

प्रतिकृया

प्रतिकृया