आशिष केसी, तुलसीपुर
५-फागुन / तुलसीपुरमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको स्मृतिमा प्रतियोगिता हुने भएको हो । दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा यही चैत १६ गतेदेखि २० गते सम्म प्रतियोगिता हुन लागेको बुधबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो।
ADVERTISEMENT
खेलाडीहरुको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष बसन्त गिरीले जानकारी दिए । खेलमा प्रथम, द्धितीय र तृतिय हुनेलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार, मेडल तथा प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद १५ हजार मेडल तथा प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यस्तै महिला एकल र पुरुष एकल तर्फ प्रथम हुनेलाई ४० हजार, द्धितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १० हजार नगद, प्रमणपत्र तथा मेडल प्रदान गरिने छ । त्यस्तै पुरुष जुनियर र महिला जुनियर तर्फ प्रथम हुनेलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई पाँच हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । साथै पुरुष जुनियर र महिला जुनियर टिम तर्फ प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने भएको छ । साथै खेलाडीहरुका लागि यातायात र खाना बस्नको व्यवस्था गरिएको छ । पत्रकार सम्मेलनको सहजीकरण संघका सल्लाहाकार अरुण लहरेले गरेका थिए ।