काठमाडौं
११-फागुन / निर्वाचन आयोगले मध्यावधि चुनावका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ । आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरु खरिद प्रक्रिया अघि बढाएको हो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए ।
ADVERTISEMENT
आयोगले निर्वाचन सामग्री खरिदको बोलपत्र आह्वानको सूचना प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ प्रयोगको विशेष परिस्थितिमा प्रकाशित गरिएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले देखिने गरी काम नगरेको भन्दै आलोचना गरेको तीन दिनपछि निर्वाचन सामग्री खरिद प्रक्रिया अघि बढाइएको छ ।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यद्यपि यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाले के फैसला आउँछ हेर्न बाँकी छ ।