तुलसीपुर
११-फागुन / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले निवार्चन कार्य तालिका सार्वजनिक गरेको छ । आज तुलसीपुरमा निवार्चन समितिले पत्रकार सम्मेलनको आयोजना गरी सो कार्य तालिका सार्वजनिक गरेको हो ।


                                                                                 ADVERTISEMENT


 


निवार्चन कार्यतालिकाका अनुसार मतदाता नामावली प्रकाशन फागुन ११ गते, मतदाता नामवली उपर दावी विरोध फागुन १२, मतदाताको अन्तिम नामावली प्रकाशन फागुन १२, उमेदारको मनोनयन पत्र दर्ता फागुन १४ गते, उमेदवारको नामावली प्रकाशन फागुन १४ गते, उमेदारको नामावली उपर दावी विरोध फागुन १५ गते, उमेदवारी संसोधित नामावली प्रकाशन फागुन १५ गते, उमेदवारको नामावली फिर्ता लिने फागुन १६ गते, उमेदावारको अन्तिम नामावली प्रकाशन फागुन १६ गते, फागुन १६ गते ३ बजे उमेदावारलाई मतदान चिन्ह प्रदान र फागुन २२ गते विहान साढे सात बजेदेखि बेलुका साढे चार बजेसम्म निवार्चन हुने निवार्चन संयोजक मोहन प्रसाद धितालले जानकारी दिए ।

७ हजार दुई सय ४६ जना मतदाता संख्या रहेको संस्थामा तीन बर्षे कार्यकालका लागि मतदान हुने छ । साथै तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले निवार्चनलाई सभ्य भयरहित वातारवणमा सम्पन्न गर्न राजनितिक दल र सुरक्षा निकायलाई आग्रह गरेका छन् ।

त्यस्तै मतदान गर्न आउदा मतदाताहरुले आफ्नो नागरिकता वा सरकारी कार्यालयबाट जारी भएको नागरिकता नम्बर खुल्ने परिचयपत्र र खानेपानीले उपलब्ध गराएको महशुल कार्ड अनिवार्य रुपले साथमा लिएर आउन भनेको छ । साथै अशक्त मतदाताको हकमा एकाघरको सदस्य रहेको परिचयपत्र वा नाता प्रमाणित प्रमाण साथमा लिएर आउन अनुरोध गरेको छ ।

प्रतिकृया

प्रतिकृया