तुलसीपुर
११-फागुन / दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ दाङमा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यहि फागुन १५ देखि १८ गतेसम्म प्रतियोगिता हुने भएको छ ।


                                                                                 ADVERTISEMENT


 


भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एवम् खेलकुद विकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उद्देश्य रहेको महासंघका महासचिव बिनोद चन्दले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने प्रत्येक समुहलाई ५ हजार दर्ता शुल्क लाग्ने बताइएको छ । सोमबार घोराहीमा पत्रकार सम्मेलन गरेर प्रथम हुने समुहलाई नगद १ लाख सहित शिल्ड मेडल प्रमाणपत्र प्रदान गरिने छ । साथैै दोस्रो हुने समुहलाई ५० हजार, तेस्रो हुने समुहलाई २५ हजार र चौथो हुने समुहलाई १५ हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाई सम्मान स्वरुप ५ हजार प्रदान गरिने छ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई सम्मान स्वरुप ३/३ हजार रुपैयाले सम्मान गरिने महासंघले जनाएको छ । यस्तै प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा हुने छ भने फागुन १५ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि महासंघले सम्पूर्णलाई आग्रह गरेको छ ।

प्रतिकृया

प्रतिकृया