काठमाडौं
११-फागुन / सुनको मुल्य आज तोलामा ११ सय रुपैयाँले उकालोे छ । आज सुनको मुल्य तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो हप्ताको अन्तिम दिन मुल्य घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको मुल्य यो हप्ता लागेदेखि फेरि उकालो लाग्न थालेको छ ।


                                                                                 ADVERTISEMENT


 


आइतबार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य सोमबार भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले उकालो लागेको हो । त्यस्तै, आज चाँदीको पनि मुल्यमा उकालो लागेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया

प्रतिकृया